arrow

बझाङमा मतगणना सुरु, सुरक्षा व्यवस्था कडा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
mat_garana_photo_(1).JPG

बझाङ । सात नम्बर प्रदेशको हिमाली जिल्ला बझाङमा मत गणना सुरु भएको छ । पहिलो चरणको निर्बाचन अन्तर्गत मंसिर १० गते निर्बाचन भएको थियो । मत गणना स्थल वरिपरि सुरक्षा ब्यबस्था कडा पारिएको छ ।

जिल्ला पशु सेबा कार्यालयको भवनमा बिभिन्न ४ वटा हलमा मतगणका लागी तारका जालीहरुले ब्यबस्थित गरेर मतगणना भै रहेको छ । राजनितीक दलका प्रतिनिधीहरु लाई तारको जाली भन्दा बाहिर राखेर मत गणना सुरु भएको हो । एक मात्र निर्बाचन क्षेत्र रहेको बझाङ जिल्लामा मसिंर १० गते सम्पन्न भएको पहिलो चरणको निर्बाचन जिल्ला भरि प्रदेश क मा ३२ हजार दुई सय ५६ र प्रदेश ख मा ३४ हजार सत्र मत खसेको को थियो ।

 प्रतिनिधी सभामा दुई वटा हलमा मत गाणना सुरु भएको छ भने प्रदेस सभामा दुई ठाँउमा मत गणना सुरु भएको छ ।  जिल्लाको काँडा गाँउपालिका र दुर्गाथली गाँउपालिका र बुगंल नगरपालिका का ६ बुद र जयपृथ्बी नपा ३ वटा बुदको मत हरु एउटैमा खन्याएर मतगणना भई रहेको छ भने प्रदेश सभामा क मा काडाँ गाउपालिका र तलकोट गाँउपालिकाका एकैमा खन्याएर मतगण्ना भई रहेको छ भने प्रदेश ख दुर्गाथली गाँउपालिका बाट सुरु भएको छ । मत गणना स्थलमा म्यादी प्रहरी ,नेपाली सेना , सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको कडा सुरक्षा गरिएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताए । वहाले भन्नु भयो ‘सुरक्षा ब्यबास्था लाई मजबुद बनाउदै सदरमुकाम चैनपुरमा मदिरा समेत बन्द गरेका छौ ।

 प्रतिनिधी सभामा  सात दलले भाग लिएको थियो भने प्रदेश क मा ६ जना र प्रदेश ख मा ४ जनाले भाग लिएको थियो ।बझाङ जिल्लाका १६० मतदान केन्द्रका ४८० मतपेटिका मंसिर १० गते देखी जिल्ला पशु सेवा कार्यालयको हलमा राखिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ