arrow

बाजुरामा सँगसँगै कुम जोड्न आईपुगे रुख र सूर्य !

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
bajura-district.png

काठमाडौं । बाजुरामा जिल्ला प्रतिनिधि सभा सदस्य तर्फ काँग्रेस र एमालेका उम्मेदवारहरु सँगसँगै भएका छन् । बिहीबारबाट सुरु भएको प्रतिनिधि तर्फका उम्मेदवार नेपाली काँग्रेसबाट कविराज पण्डितले ४ सय ७७ र बामगठबन्धनका लाल बहादुर थापाले ४७७ ल्याएका छन् भने नयाँ शक्ति पार्टीले नेपालका दिलिप शाहीले १३ मत ल्याएका छन् । 

त्यस्तै प्रदेश सभाका उम्मेदवार नेपाली काँग्रेसबाट पदम शाहीले ४६१ र बामगठबन्धनबाट प्रकाश शाहले ४५६ मत ल्याउनुभएको छ । हालसम्म २५ मत बदर भएका छन् ।

प्रदेश सभा तर्फ  क्षेत्र नं १  पाण्डवगुफा गाउँपालिका को वडा नं ३, ५ र ६ बाट मतगणना सुरु भएको छ ।  त्यस्तै प्रदेश सभा क्षेत्र नं दुई तर्फ त्रिबेणी नगरपाकिो किम्नी र बाँगापाटा मतदान केन्द्रको मतणना सुरु भईरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ