- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बैतडीमा दुई जना राज्यमन्त्रीहरुबीच चुनावी प्रतिस्पर्धा भएको छ । बैतडीको पछिल्लो प्रारम्भिक मत परिणाम अनुसार प्रतिनिधि सभाका लागि पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारी र बहालवाला वाणिज्य राज्यमन्त्री नर बहादुर चन्दबीच प्रतिस्पर्धा हुने भएको हो ।
उनीहरु मध्ये भण्डारी बाम गठबन्धन बाट प्रतिस्पर्धी छन् भने उनले १८ सय ५९ मत ल्याएका छन् । त्यस्तै, चन्दले लोकतान्त्रीक गठबनधनका तर्फबाट १५ सय २६ मत ल्याएका छन् । नारायणदत्त अवस्थी विवेकशील साझाका उम्मेदवारले त्यहाँ २५ मत मात्रै ल्याएका छन् ।
त्यस्तै, प्रदेश सभा तर्फ क मा बाम गठबन्धनका प्रेम प्रकाश भट्टले ११ सय ८५ मत ल्याउँदा लोकतान्त्रिकका हरिमोहन भण्डारीले ८ सय २३ मत ल्याएका छन् । प्रदेश सभा २ का लागि लिलाधर भट्ट बाम गठबन्धन छन् जसको १३ सय २० र गणेश बहादुर चन्द लोकतान्त्रीक गठबन्धनका उम्मेदवारको ११ सय ९५ मत आएको छ ।