- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत परिणाम आउन थालेको छ । पहिलो चरणमा भएको निर्वाचन अन्तर्गत् गत मंसिर १० गते भएको निर्वाचनको मत परिणाम अनुसार एमालेका उम्मेदवारले मुस्ताङबाट खाता खोलेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सिताराम शर्माका अनुसार मुस्ताङको प्रतिनिधि सभामा एमालेको उम्मेदवार विजयी भएका हुन् । प्रेम प्रसाद तुलाचनले ३५ सय ४४ मत ल्याउँदा काँग्रेसका रोमी गौचनले ३१ सय ८१ मत ल्याएका छन् ।
त्यस्तै, प्रदेश तर्फ एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्टले ११ सय ६७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार मिक्युर गुरुङ ६ सय ५७ मत आएको छ प्रदेश ख मा भने मतगणना जारी छ ।