arrow

काठमाडौंको मतगणना १० बजेपछि, कहाँ कहाँ हुँदै गणना ?

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Kathmandu_District.png

काठमाडौं । काठमाडौं जिल्लाको प्रतिनिधि सभातर्फको मतगणना शुक्रबार बिहान १० बजेदेखि सुरु हुने भएको छ । 

शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले १० बजेपछि मतगणना गर्ने जानकारी गराएको हो । 

पहिले प्रतिनिधिसभाको मतगणना हुने र त्यसपछि मात्र प्रदेशसभाको मतगणना हुने मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ । 

काठमाडौंका १० क्षेत्रको निर्वाचन मतगणना ५ स्थाबाट गरिने छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौंका निर्वाचन क्षेत्र नं १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा प्रदर्शनी मार्गमा हुने भएको छ । 

त्यस्तै, काठमाडौं निर्वाचन क्षेत्र नं ५ र ७ को मतगणना सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा गरिने भएको छ । 

उता, जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा काठमाडौं निर्वाचन क्षेत्र नं ६ मतगणना हुने भएको छ । 

क्षेत्र नं ८ को मत गणना भनेको वन परिसर बबरमहलमा र काठमाडौं क्षेत्र नं ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ