arrow

पाँचथरमा वसन्त अगाडि, भिष्मराज २ हजार मतले पछाडि 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
panchthar-district1.png

काठमाडौं । प्रतिनिधि सभा तर्फ पाँचथरमा पनि नेकपा एमालेले अग्रता हाँसिल गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो चरणमा भएको निर्वाचन अन्तर्गत् कूल १५ हजार ६ सय ५ मत गन्दा नेकपा एमालेका वशन्तकुमार नेम्वाङ ७ हजार ४ सय ५१ मत सहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेस भिष्मराज आङदेम्वे ५ हजार ८ सय ३ मतका साथ दोस्रो स्थानमा छन् । जसमा १२ सय ४५ मत बदर भएको छ । 

त्यस्तै, प्रेमराज लावती, संघीय समाजवादी फोरमका उम्मेदवारले ३ सय २३ मत ल्याउँदा संघीय लिम्बुवान मञ्चका सागर केरुङले २ सय ७९ मत ल्याएका छन् । नेकपा माले दिनानाथ घिमिरे २ सय ४१ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ