arrow

कञ्चनपुरमा  मतगणना सुरू हुँदै, सर्वदलीय बैठक सम्पन्न

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Kanchanpur_District.png

कञ्चनपुर । दोस्रो चरण अन्तर्गतको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन को मतगणना  सुरू हुँदैछ । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रका मतपेटिका जिल्ला  सदरमुकाम  महेन्द्रनगर  पुगिसकेको जिल्ला  निर्वाचन  कार्यालय कञ्चनपुरले जनाएको छ ।

तीन ओटै निर्वाचन क्षेत्रका मतपेटिका  जिल्ला  सदरमुकाम  महेन्द्रनगर  पुगिसकेको जिल्ला  निर्वाचन  कार्यालय कञ्चनपुरका प्रमुख केशव भण्डारीले  जानकारी दिएका छन् । सर्वदलीय बैठक सम्पन्न  भइसकेको  र दलका प्रतिनिधि  आउने बितिकै गणना कार्य  सुरू गरिने उनले बताए  ।

मत गणनालाई शान्तिपूर्ण  तवरले सम्पन्न  गराउन सुरक्षा व्यवस्था  कडा पारिएको  छ । मतगणना  स्थल  स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए । 

‘सबै सुरक्षा निकायलाई परिचालन गरी मतगणना  स्थलको  सुरक्षालाई बलियो बनाएका छौँ' उनले भने– ‘शान्तिपूर्ण रुपमा मतगणना  सम्पन्न हुनेमा विश्वस्त छौं ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ