arrow

रुकुम पूर्वका प्रदेश सभामा माओवादीले गर्‍यो क्लिन स्विप

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Maoist-750-1-750.jpg

रुकुम । रुकुम पूर्वका दुवै प्रदेश सभा सदस्यमा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । 

प्रदेश सभा क्षेत्र नम्बर क मा आफ्नो प्रतिस्पर्धि नेपाली काँग्रेसका दुतकुमार पुनलाई ३ हजार २८३ मतले पछिपार्दै नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली बिजयी भएका हुन ।

बिजयी ओलीले ५ हजार ४२७ मत प्राप्त गर्दा पुनले २ हजार १४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए । 

यस्तै प्रदेश सभा क्षेत्रनम्बर ख मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् ।

आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका दत्तबहादुर बस्नेतलाई २ हजार ७०५ मतले पछिपार्दै नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती बिजयी भए ।

बिजयी घर्तीले ५ हजार ८१६ मत प्राप्तगर्दा बस्नेतले ३ हजार १११ मत प्राप्त गरे । 

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सकिएपछि अब समानुपातिक तर्फको मतगणना सुरु गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ