arrow

दाङमा मतगणना शुरु

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
pratinidhi_and_pradesh.png

दाङ । दोस्रो चरणअन्तर्गत हिजो भएको निर्वाचनपछि आज बिहानदेखि दाङमा मतगणना शुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविमा मतगणना शुरु गरिएको हो ।

विद्यालयमा रहेका तीन अलगअलग भवनमा मतगणना गरिने भएको छ । प्रत्येक भवनमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि अलगअलग तीन ठाउँमा गणनाको व्यवस्था गरिएको छ । अहिले क्षेत्र नं २ को मतगणना शुरु गरिएको छ ।

क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महरा र काँग्रेसका राजु खनाल उम्मेदवार रहेकाले पनि यसलाई महत्वका साथ हेरिएको छ ।

मतगणनास्थलको व्यवस्थापनसँगै मतगणना हुने स्थानमा सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, वाइफाइलगायतको सम्पूर्ण तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभाका तीनवटा र प्रदेशसभाका लागि छवटा क्षेत्र रहेको दाङमा एक निर्वाचन क्षेत्रको तीन स्थानमा गणना गर्ने तयारी भइरहेको छ । बिहान ९ बजेदेखि मतगणना शुरु भए पनि मतपरिणाम भने सार्वजनिक भएको छैन् । दाङमा ६७.९५ प्रतिशत मत खसेको थियो । यहाँ दुई लाख ३० हजार ३१३ जनाले मतदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ