arrow

गोरखामा बाबुराम भट्टराई र हरि राज अधिकारी अगाडि

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Baburam-bhattrai-stage.jpg.jpeg

गोरखा । गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन् ।

बिहीबारबाट मतगणना गरिएको गोरखामा अहिले बिहानसम्मको मतगणनामा गोरखा १ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि र काँग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठ ४,४७२ मतका साथ पछ्याइरहेका छन् ।  अहिलेसम्म १० हजार ८७४ मत गणना भएको छ ।

यस्तै गोरखा १ प्रदेशसभा क मा पनि माओवादी केन्द्रका नेता लेखबहादुर थापा ३,८२९ मत ल्याए  भने काँग्रेसका नेता धीरन थापा २,५०७ मत ल्याएका छन् । अहिलेसम्म छ हजार ६८३ मत गणना गरिएको छ ।

प्रदेशसभा क्षेत्र ‘ख’ मा नेकपा (एमाले)का नेता रामशरण बस्नेत ३७९२ मतका साथ अघि छन् भने काँग्रेस नेता राजेन्द्र बजगाइँ २४२६ मत ल्याए । अहिलेसम्म ६५५० मत गणना भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई ८७९५ मतका साथ अघि छन् भने उनलाई माओवादी नेता नारायणकाजी श्रेष्ठ ७२१९ मतका साथ पछ्याइरहेका छन् ।  

गोरखा २ ‘क’ प्रदेशमा माओवादीकी कमला नहर्की ४३७५ मत ल्याए भने नयाँ शक्तिका नेता हरिशरण आचार्य ४७४० मत ल्याएर अघि छन् ।  अहिलेसम्म यहाँ नौ हजार ६७१ मतगणना भएको छ ।

यस्तै गोरखा २ ख प्रदेशसभामा काँग्रेसका प्रकाशचन्द्र दवाडी ४,२७६ मत ल्याए  भने माओवादीका अमर तमु ३,४३३ मत ल्याएका छन् ।  यहाँ ८,२४७ मत गणना भएको छ । मतगणना कार्य सुस्तगतिमा अघि बढेको छ । मतगणना गरिएको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ