arrow

सुगमताको विवादले धनुषाको ३ क्षेत्रमा मतगणना सुरु हुन सकेन

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
dhanusha-final.png

काठमाडौं । सुगमताको विवादले धनुषाको ३ वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु हुन सकेको छैन । धनुषाको क्षेत्र नं ३ को मतगणना सुगम ठाउँमा गर्ने र बाँकी ३ क्षेत्रको एउटै ठाउँमा शिक्षा तालिम केन्द्रमा गर्ने निर्णय प्रति दलहरुले विरोध जनाएपछि मतगणना सुरु हुन नसकेको हो । 

धनुषा क्षेत्र नं २ का निर्वाचन अधिकारी अरुणकुमार कोइरालाका अनुसार कुनै क्षेत्रको सुगम ठाउँमा र कुनै क्षेत्रको दूर्गम ठाउँमा मतगणना गर्ने निर्णयको दलहरुले विरोध गरेपछि अहिले तीनवटै निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मत गणना गर्ने सहमति भएको छ । 

त्यहाँ केहीबेर अघि मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारी सहितको टोली आएर ठाउँ व्यवस्थापन गर्ने बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ