arrow

विवादका कारण भक्तपुर २ को मतगणना शुरु हुन सकेन

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
bhaktapur1.png

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ । बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो । डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली काँग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए ।

उनले भने–“बालकोट घटनाको निष्पक्ष छानबिन हुनुपर्‍यो, घाइतेको उपचार हुनुपर्‍यो, घटनाको मुद्दा दर्ता हुनुपर्‍यो, धेरै घरमा क्षति पुगेको छ, क्षतिपूर्ति दिनुपर्‍यो, हाम्रो यही माग हो, हाम्रो माग पूरा नभएसम्म मतगणना गर्न दिदैनौं, लोकतान्त्रिक गठबन्धनलाई बाहिर राखेर मतगणना भए त्यसबाट उत्पन्न हुने परिस्थितको हामी जिम्मेवारी लिदैनौँ ।”
 
यता वाम गठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष वचन देउजाले बालेकाट घटनाको छानबिन गर्नुपर्ने मागमा कुनै आपत्ति नभएको बताउदै बाहिर भएको झगडाको विषयलाई लिएर मतगणना रोक्न नहुने बताए ।

उनले भने–“घटनाको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो कुनै असहमति छैन, तर त्यही विषयलाई लिएर मतगणना भने रोक्नु हुँदैन, मतगणना शुरु हुनुपर्छ ।” निर्वाचन अधिकृत उत्तम सिलवालले भन्नुभयो सर्वदलीय बैठकमा छलफल भए पनि मतगणना नरोकिने बताउँदै सहमतिमै केही समयपछि मतगणना शुरु हुने दाबी गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ