arrow

अझै शुरु हुनसकेन चितवनमा मतगणना

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
pratinidhi_and_pradesh.png

रत्ननगर, चितवन । शुक्रबार बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना दिउँसो २ बजेसम्म पनि शुरु हुन सकेको छैन ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार आन्तरिक व्यवस्थापनका कारण मतगणना शुरु हुन ढिलाइ भएको हो । जिल्ला निर्वाचन अधिकारी हरि ढकालले अब केही बेरमा गणना शुरु हुने जानकारी दिए ।

यसअघि बिहीबार राति मुख्य निर्वाचन अधिकृतसँग बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि गणना गर्ने निर्णय गरेको थियो । तर आज बिहान पुनः सर्वदलीय बैठक बसी मतगणना तत्कालै शुरु गर्ने निष्कर्ष निकाले पनि अझै शुरु हुन सकेको छैन ।

बिहानको दलको निर्णयपछि दलका प्रतिनिधिको परिचयपत्र बनाउने लगायत आवश्यक आन्तरिक तयारी थालिएको थियो । आवश्यक तयारीका काम पूरा नहुँदा अहिले १ बजेसम्म मतगणना शुरु हुन नसकेको हो ।

चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले एक उम्मेदवारको एकजना प्रतिनिधि राख्ने र प्रत्येक क्षेत्रको तीन ठाउँमा गणना हुने जानकारी दिए ।

चितवनमा तीनवटा निर्वाचन क्षेत्र रहेको छ । चितवनको भरतपुर माविमा हुने मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणनास्थलमा तारजाली लगाइएको छ भने सिसी क्यामेरा समेत जडान गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ