arrow

बझाङमा तीन मध्ये २ एमाले र एक माओवादीको पोल्टामा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
bajhang.JPG

बझाङ । प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बझाडमा तीनै क्षेत्रमा वाम गठबन्धनले  विजय हाँसिल गरेको छ ।

प्रतिनिधि सभामा एमालेका भैरब बहादुर सिंहले ३४ हजार ६ सय १२ मत ल्याई विजयी भए । प्रदेश सभा निर्वाचन  क्षेत्र १ बाट नेकपा एमालेका अर्जुन थापाले १७ हजार ८ सय ६८  मत ल्याएर विजयी भए ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट माओवादी केन्द्रकी देवकी मल्ल थापा १६ हजार ७ सय ४३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बास्तोलाले बताए ।

प्रतिनिधि सभामा भैरब बहादुर सिंहका प्रतिदोन्दी उम्मेदवार  नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याए । यस्तै, प्रदेशसभा १ मा नेपाली काँग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत पाए पराजित भइन् ।

प्रदेश सभाको २ मा नेपाली काँग्रेसका नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याएर पराजित भए । बझाडमा प्रतिनिधि सभाका लागि सात वटा दलका ७ जना उम्मेदवार चुनावी मैदानमा थिए भने प्रदेश सभा १ मा ६ तथा प्रदेश सभा २ मा ४ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ