- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रारम्भिक मत परिणाममा दोस्रो भएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार एमालेका किसन श्रेष्ठ पहिलो स्थानमा देखिएका छन् ।
एमालेका श्रेष्ठको ५ हजार ६ सय ६ मत आउँदा काँग्रेसका रामचन्द्र पौडेलको ४ हजार ३ सय १५ मत आएको छ । त्यस्तै, प्रतिनिधि सभा २ तर्फ पनि काँग्रेस नै दोस्रो देखिएको छ ।
प्रदेश सभातर्फ पनि काँग्रेस दोस्रो नै देखिएको छ। प्रदेशतर्फ १ क मा नेपाली काँग्रेसका गोविन्द भट्टराईको ८४६ एमालेका राम बहादुर गुरुङको १२ सय ६० रहेको छ।
प्रदेश सभाको १ ख मा नेपाली काँग्रेसका रघुनाथ पौडेलको१४ सय ७१ र माओवादीका हररि बहादुर चुमानको १७ सय ५२ मत रहेको छ।
काँग्रेसका शंकर भण्डारीले ५ सय ५२ मत आउँदा एमालेका केदार सिग्देलले ११ सय २१ मत ल्याएका छन् ।