arrow

पाँचथरमा एमालेका नेम्बाङ अघि,पछ्याउदै कांग्रेसका आङदेम्बे

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
panchthar-district.png

पाँचथर । पाँचथरमा प्रतिनिधी सभा तर्फको प्रत्यक्ष तर्फको मतगणना अहिले जारी छ । अहिले सम्म ३२ हजार ३ सय ८९ मतगणना गनि सकिएको छ ।

 नेकपा एमालेका उम्मेदवार बशन्त कुमार नेम्बाङले १५ हजार ३ सय ५९ मत सहित अग्रस्थानमा छन् ।  यस्तै उनका प्रत्याशि नेपाली काग्रेसका उम्मेदवार भिष्मराज आङदेम्बेले ११ हजार ९ सय १५ मत प्राप्त गरेका छन् ।  यस्तै संघिय समाजवादी फोरम नेपालका प्रेमराज लावतीले ५ सय ७४ मत प्राप्त गरे ।

संघिय लिम्वुवान राष्ट्रिय मंच नेपालले ६ सय ३६ मत,नेकपा मालेले ४ सय ९६,राष्ट्रिय जनमुक्ति पाटीले २ सय ५९ मत,एकीकृत राष्ट्रिय प्रजातन्त्र पाटीले १२९ मत,नयाँ शक्ति पाटीले ३९ मत,मंगोलनेशल अर्गनाइजेशनले २७ मत प्राप्त गरेको छ ।

पाँचथरमा कुल १ लाख २५ हजार २ सय १९ मतदाता रहेकोमा ७७ हजार ८ सय ३ मत खसेको थियो । पाँचथरमा प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ ९ जना उम्मेद्धवार चुनावी मैदानमा छन् । अहिलेसम्म ४१.६२ प्रतिशत मतगणना भइसकेको छ भने अब ४५ हजार ४ सय १४ मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ