arrow

पाल्पामा एमालेका सोमप्रसाद पाण्डेय अगाडि

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
som-prashad-pandey-new.jpg.jpeg

पाल्पा । दोस्रो चरणको निर्वाचनमा पाल्पा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले)का सोमप्रसाद पाण्डेयले एक हजार ९ सय २२ मत ल्याएर अग्रता कायम गरेका छन् ।

पाण्डेय नेपाली काँग्रेसका हरिप्रसाद नेपालभन्दा ८ सय ६९ मतले अघि छन् । काँग्रेसका नेपालले एक हजार ५३ मत ल्याएका छन् । जिल्लाको तिनाउ गाउँपालिकाको कचल र तानसेन नगरपालिका– १ भुसलडाँडा मतदान केन्द्रको मतगणना गरिएको हो ।

निर्वाचन क्षेत्र नं १ मा काँग्रेसका विजयराज घिमिरेले ६ सय २८ र एमालेका दलबहादुर रानाले ५ सय १६ मत ल्याएका छन् ।  त्यहाँ वाकामलाङ मतदान केन्द्रको मतगणना गरिएको हो । निर्वाचन क्षेत्र नं १ प्रदेश (क) का उम्मेदवार एमालेका युगराज खनालले २१६ र काँग्रेसका देवराज ढकालले २८० मत ल्याएका छन् ।  प्रदेश १ (ख)मा भने मतगणना शुरु भएको छैन ।

निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा एमालेका डा पुरण बज्राचार्यले ७९२ र काँग्रेसका माधव नेपालले ५४२ तथा २ प्रदेश (ख) मा नेकपा(माओवादी केन्द्र)का तुलाराम घर्तीले दुई हजार १९० र काँग्रेसका राम कार्कीले ९६९ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ