arrow

बारामा मतगणना शुरु

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
pratinidhi_and_pradesh.png

सिमरा, बारा । प्रतिनिधिसभातर्फको मतगणना साँझ ५ बजेदेखि शुरु गरिएको छ । निर्वाचन क्षेत्र नं १ को निजगढ नगरपालिकाका वडा नं ३, ६, ८ र ११ तथा कोल्हवी नगरपालिकाका वडा नं ७ र ११ को मतपेटिका खोली गणना शुरु गरिएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ करैयामाई गाउँपालिकाको वडा १ देखि ४ सम्मको मतपेटिका खोली गणना भइरहेको निर्वाचन अधिकृत रमेश सुवेदीले जानकारी दिए । निर्वाचन क्षेत्र नं ३ को श्री ३ चन्द्र्र मावि मतदान केन्द्र र लामीडाँडाको मतदान केन्द्रका मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश खरेलले बताए । त्यस्तै निर्वाचन क्षेत्र नं ४ को बिश्रामपुरका (क) र (ख) को मतगणना भइरहेको निर्वाचन क्षेत्र नं ४ को कार्यालयले जनाएको छ ।

कलैया उपमहानगरपालिकाको वडा नं ५ मा रहेको रामराजामोहनविक्रम शाह बहुमुखी क्याम्पसको माथिल्लो तलामा ३ र ४ तथा तल्लो तलामा क्षेत्र नं १ र २ को मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृत खरेलले जानकारी दिए । माथिल्लो तलाको उत्तरपट्टि ३ र दक्षिणपट्टि ४ नं क्षेत्रको मतगणना भइरहेको छ । यस्तै तल्लो तलाको उत्तरपट्टि क्षेत्र नं १ र दक्षिणपट्टि २ को मतगणना भइरहेको छ । बारामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा निर्वाचन क्षेत्र छन् र तीन लाख ४९ हजार ९४६ मतदाता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ