arrow

गाउँपालिका प्रमुखले निर्वाचन अधिकृतलाई हातपात गरेपछि सुरु भएथ्यो स्याङ्जा विवाद

गाउँपालिका प्रमुख भन्छन् 'प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार छु'

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
syanja_district_map.png

काठमाडौं । अहिले स्याङ्जामा तनावका कारण मत गणना स्थगित भएको छ । मतगणना मात्रै स्थगित भएको छैन मतपेटिका राखिएको आसपासमा स्थानीय प्रशासनले कफ्र्यू आदेश समेत जारी गरेको छ । काँग्रेस र एमालेले दुई छुट्टाछुट्टै उजुरी जारी गरेपछि सर्वदलीय बैठकमा समेत मतगणना सुरु गर्ने विषयमा सहमति हुन सकेन । 

यसै विषयमा विवाद बढ्दै जाँदा आँधिखोला गाउँपालिकाका प्रमुख एवं नेकपा एमालेका जिल्ला सचिव सुधीर पौडेलले निर्वाचन अधिकारी समेत हातपात गरेपछि त्यहाँ स्थिती असामान्य बनेको थियो । उनले हातपात गर्ने प्रयास गरेपछि निर्वाचन अधिकारीले पनि यो विषयमा अब आफू मुद्दा निर्वाचन कार्यालयमा पठाईदिने भन्दै दलहरुसँग बैठक नै नबसि हिँडेका थिए । 

विभिन्न ५ मतदान केन्द्रमा पुन मतदान गराउनु पर्ने भन्दै एमालेले उजुरी दर्ता गरेको थियो । तर, निर्वाचन अधिकारीले सम्भव भएसम्म दलीय सहमतिमा नै विषय टुंग्याउन भनेपछि एमाले नेता पौडेल आक्रोशित बनेका थिए । यसरी जनप्रतिनिधिले नै निर्वाचन अधिकारी माथि हातपात गरेपछि स्थिती असामान्य बनेको थियो । 

के भन्छन् पौडेल ?
घटनापछि कुराकानी गर्दा पौडेलले आफूले निर्वाचन अधिकारीलाई हातपात नगरेको प्रतिक्रिया दिए । उनले शुक्रबार आफूले निर्वाचन अधिकारी हरिकृष्ण श्रेष्ठसँग भेटघाट समेत नभएको प्रतिक्रिया दिए । 

उनका अनुसार उनीहरु मतदान अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग कुराकानी गर्न पटक पटक समय माग्दा पनि निर्वाचन अधिकारीले उनीहरुलाई भेट्न समय नदिएको र उल्टै प्रहरीले आफूहरुमाथि आक्रमण सुरु गरेको र लाठी चार्ज गरेको थियो । प्रहरीले दिउँसो त्यहाँ लाठी चार्ज पनि गरेको थियो । प्रहरीको लाठी चार्जमा एमालेका केही कार्यकर्ता घाईते पनि भएका छन् । 

उनले जन सक्रिय मावि, राममन्दिर मावि क र ख, दिनदयालु आधारभुत मावि लगायतका मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेको छ । काँग्रेसले पनि एमालेले धाँधली गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा मुद्दा दर्ता गरेका छन् । 

निर्वाचन अधिकृतको कार्यालयमा चित्त नबुझेको विषयमा मुद्दा दायर गर्नुपर्नेमा पौडेल निर्वाचन अधिकृतमाथि नै आक्रमणको प्रयासमा रहेको आरोप उनीमाथि लागेको छ । तर पौडेलले भने आफूले त्यस्तो काम गरेको प्रमाण कसैले दिन सक्छ भने आफू जस्तो सुकै कारबाही भोग्न पनि तयार रहेको प्रतिक्रिया पनि व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ