arrow

सप्तरीमा फोरम र काँग्रेसको दुई दुई सिटमा अग्रता

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
saptari-district.png

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मंसिर २१ गते भएको निर्वाचनमा सप्तरीका कूल ४ क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । शुक्रबार राती ९ बजेसम्मको मत परिणाम अनुसार जिल्लाका ४ निर्वाचन क्षेत्र मध्ये नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । 

जिल्लाको चौथो निर्वाचन क्षेत्र सप्तरी ४मा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवारले  ८ सय २९ मत ल्याएको यस क्षेत्रमा एमालेका उम्मेदवारले ४ सय ११ मत ल्याएका छन् । यहाँ राजपाको स्थिती भने तेस्रो स्थानमा रहेको छ । राजपाका उम्मेदवारको कूल ५ सय ४७ मत मात्रै आएको छ । 

त्यस्तै, सप्तरी ३ मा पनि काँग्रेसकै उम्मेदवारको सुरुवाती अग्रता देखिएको छ । यहाँ नेपाली काँग्रेसका उम्मेदवारले २५ सय ६३ मत ल्याउँदा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले २ हजार ८८ मत ल्याएका छन् । तेस्रो हुने नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवारको जम्मा ९ सय ५७ मत आएको छ । 

प्रतिनिधि सभा तर्फ नै क्षेत्र नं २ मा संघीय समाजवादी फोरमका उपेन्द्र यादवको सुरुवाती अग्रता देखिएको छ । यादवको ५ हजार ३ सय ४४ मत आउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका सकल देव सुतिहारको २ हजार ७ सय ७८ मत ल्याएका छन् । 

त्यस्तै, जिल्लाको १ नं क्षेत्रमा पनि फोरमकै उम्मेदवार सूर्य नारायण यादव २२ सय २१ मतका साथ अग्र स्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारको ११ मत मात्रै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ