arrow

कपिलबस्तु तीनवटै पार्टीको चित्त बुझाउँदै 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
kapilbastu_district_map.png

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम आईरहँदा कपिलबस्तु जिल्लाका तीन वटैै निर्वाचन क्षेत्रले भने तीन वटा पार्टीको चित्त बुझाउने परिणाम दिएको छ । मुलुकका मुख्य पार्टीहरु काँग्रेस एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु नै एक एक वटा निर्वाचन क्षेत्रमा अगाडि रहेको उनीहरुले तीनवटै निर्वाचन क्षेत्रमा चित्त बुझाउने बाटो रहेको छ । 

कपिलबस्तुको निर्वाचन क्षेत्र नं ३ मा काँग्रेसका अभिषेक प्रताप शाह ८ सय ४९ मतका साथ अगाडि छन् भने दोस्रो भएका एमालेका विरेन्द्र मिश्रले ४ सय ६९ मत आएको छ । त्यस्तै, कपिलबस्तु क्षेत्र नं २ मा एमालेका बृजेश कुमार गुप्‍त ३४ सय ५० मतका साथ अग्र स्थानमा छन् भने काँग्रेसका सुरेन्द्र राज आचार्यले २२ सय २५ मत ल्याएका छन् । 

जिल्लाको क्षेत्र नं १ मा भने माओवादीका चक्रपाणी खनालले सुरुवाती अग्रता हाँसिल गरेका छन् । माओवादीका उम्मेदवारको खनालको २२ सय १९ मत आउँदा काँग्रेसका दीप कुमार उपाध्यायको १४ सय ८३ मत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ