- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि पछि लय सम्हालेका गगनले १५ हजार ९ सय १८ मत प्राप्त गरि अगाडी बढेका छन्।
थापाका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १४ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् ।
वुढानिलकण्ठ नगरपालिकाको मतगणना सकेर काठमाडौं महानगरपालिकामा मतगणना प्रवेश गरेसँगै थापाको अग्रता फराकिलो भएको हो।
विवेकशील साझाकी सुबुना बस्नेतले १ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन्।
महानगरपालिकाका ४ वडा मध्ये वडा नम्वर ७ र ८ को मतगणना सकिएको छ। अब ३० र १ को मतगणना गन्न बाँकी रहेको बताइएको छ।
काठमाडौं ४को यो चुनावलाई धेरैले महत्वका साथ हेरेका छन्।