arrow

ललितपुर ३ मा पम्फा भुसाल विजयी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
Pampha-Bhusal.jpeg

ललितपुर । प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी भएकी छन्। भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाएकी छिन्। 

भुसाल दोस्रो पटक यस क्षेत्रबाट विजयी भएकी हुन् । उनी यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएकी थिइन् । सुश्री भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा हुनुभएको पहिलो महिला उम्मेदवार छिन्। 

भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आएकी छिन् । तत्कालीन नेकपा(माओवादी) सरकारमा हुँदा उनी तीन पटक मन्त्री भइसकेकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ