arrow

सोलुखुम्बुमा  २०६४को नतिजा दोहोरियो

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
solukhumbu.png

सल्लेरी, सोलुखुम्बु ।  एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेका छन् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहेका नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भएका छन् । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याएका छन् । 

प्रदेशसभा (क) मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका छन् । बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याएका छन् । 

प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का बुद्धिकुमार राजभण्डारी विजयी भएका छन्। राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापति समेत रहेका नेता आङगेलु शेर्पालाई पराजित गरेका छन्। राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ