०७० को चुनावमा प्रचण्डलार्इ हराएका केसी फेरि विजयी
प्रकाशित २०७४ मंसिर २३ शनिबार
282
Shares
काठमाडौँ । काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका छन् ।
नेता केसी विस २०७० को संविधानसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललार्इ पराजीत गर्दै सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी युवा खेलकुदमन्त्रीसमेत छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतसो क्षेत्रबाट ५५ हजार ११० मत खसेकामा ५३ हजार ३४१ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस