arrow

स्याङ्जाको मतगणना अझै अन्योलमा

दलहरु विचको विवाद कायमै, निर्वाचन कार्यालय आयोगलाई गुहार्दै

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ मंसिर २३ शनिबार
syanja_district_map.png

स्याङ्जा । देशका विभिन्न क्षेत्रको पहिलो र दोस्रो चरणको मतदानको नतिजा आईरहँदा स्याङ्जामा अझै मतगणना शुरु हुन सकेको छैन । दोस्रो चरणमा सम्पन्न भएको ३ दिन वितिसक्दा पनि मतगणना अझै शुरु हुन सकेन । बामगठबन्धन र लोकतान्त्रिक शक्तिहरु विच विवाद बढेपछि अझै सम्म जिल्ला निर्वाचन कार्यालयले मतगणनालाई अगाडि बढाउन सकेको छैन । स्याङ्जा क्षेत्र नं. २ का केही मतदान स्थलमा बुथ कव्जा भएको दुई घटकले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेपछि विवाद सिर्जना भएको हो । 

लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसले कालीगण्डकी १ स्थित जनहित मावि, घुरडाडा प्रावि, कालीगण्डकी ३ स्थित अमरदिप प्रावि र गल्याङ् नगरपालिकाको सत्यशिला प्रा.विमा बुथ कव्जा गरिएको आरोप सहित उजुरी दर्ता गरेको छ भने बामगठबन्धनले चापाकोट नगरपालिकाको सेखामका दुई मतदान स्थल मल्याङ्कोटको दुई मतदान स्थलमा बुथ कव्जा गरिएको आरोप लगाईएको छ । 

बामगठबन्धनले जनसुक्रिय प्रावि, चितापानी,कालिका आधारभुत र राममन्दीर माविका क र ख मा पुन मतदानको माग गरेको छ भने लोकतान्त्रिकले निर्वाचन निदेर्शिक अनुसार मतदान गर्न माग गरेका छन् । दुवै शक्तिको विवाद बढेपछि जिल्ला निर्वाचन कार्यालयले सर्वदलिय बैठक वोलाईएपनि अहिले सम्म बैठक बस्न नसकेको निर्वाचन कार्यालयले जनाएको छ भने दलहरुले अहिले सम्म सर्वदलिय बैठकमा नवोलाइएको आरोप लगाएका छन् । दुवै दलको आरोप प्रत्यारोपका कारण अहिले स्याङ्जाको मतगणनामा अन्योलता सिर्जना भएको छ । 

स्याङ्जा क्षेत्र नं. २ का निर्वाचन अधिकृत माथी हातपात गरिएको प्रति नेपाली काँग्रेसले पत्रकार सम्मेलन र विज्ञप्ती मार्फत घोरभत्र्सना सहित कारवाहिको माग गरेको छ । यता बाम गठबन्धनले पनि अधिकृत माथी हातपात नभएको तर कठालो मात्रै समाएको स्विकार गरेको छ । सदरमुकाम पुतलीबजारमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर दुवैदलले आरोप प्रत्यारोप लगाएका छन् । पत्रकार सम्मेलनमा बामगठबन्धनकी स्याङ्जा क्षेत्र नं. २ का साझा उमेदवार पदमा अर्यालले उजुरी दिएको मतदान स्थलमा पुन मतदानको व्यवस्था नगरेमा मतगणना गर्न नदिने बताएकी छन् भने लोकतान्त्रिक गठबन्धन तथा काँग्रेस पाटी सभापतिले निर्वाचन निदेर्शिक अनुसार अगाडि बढ्नु पर्ने बताएका छन् । 

दुवै दललाई निर्वाचन कार्यालयले सगै राखेर छलफल नगराउदा समस्या बल्झिदै जान थालेको बताइएको छ । यता जिल्ला निर्वाचन कार्यालयका मुख्य अधिकृत रमेशकान्त अधिकारीसँग बुझन् खोज्दा ६ बजेबाट सर्वदलीय बैठक वोलाइएको र पछि मात्रै कुरा गर्ने बताए । जिल्ला समन्वय समितिको कार्यालयमा मतपेटिका राखिएको छ । मतपेटिका राखिएको ठाँउमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीको घेराउमा राखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ