arrow

मकवानपुर १ को (ख) मा वाम, २ को (क) मा वाम र (ख) मा लोकतान्त्रिक गठबन्धन विजयी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
makawanpur-district.png

हेटौँडा । मकवानपुर क्षेत्र नं १ को (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का डोरमणि पौडेल २० हजार ७०३ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका अशोक शाक्यले १६ हजार ५८१ मत प्राप्त गरेका छन् । 

त्यस्तै क्षेत्र नं २ को (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तानले २७ हजार १३२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका यति सापकोटाले १४ हजार १३६ मत प्राप्त गरेका छन् । 

यसैगरी क्षेत्र नं २ को (ख) मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका इन्द्रबहादुर बानियाँले १९ हजार २४५ मत प्राप्त गरी विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट एमालेका राजाराम स्याङताङले १७ हजार ८३४ मत प्राप्त गरे । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ