arrow

गुल्मी प्रतिनिधि सभा २ मा एमालेका बिष्ट विजयी

logo
कौरव खत्री,
प्रकाशित २०७४ मंसिर २३ शनिबार
gokarna-bista1.jpg

गुल्मी। गुल्मीको प्रतिनिधि सभा क्षेत्र नं २ को प्रतिनिधि सभामा एमालेका गोर्कण बिष्ट भारी मतका साथ बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका चन्द्र बहादुर केसीलाई १४ हजार ४ सय ६२ मत अन्तरले पराजित गरेका हुन् । 

वाम गठबन्धनको तर्फबाट एमालेका नेता बिष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरेका थिए भने बिष्टका प्रतिद्वन्द्वी नेपाली काँगे्रसका केसीले २० हजार १ सय ५६ मत ल्याएका थिए ।

निर्वाचन अधिकृत कमलराज गौतमले केसीलाई विजयी भएको घोषणा गरेका हुन् । लामो समय वाम राजनीतिमा सक्रिय रहेका बिष्टले आफू विजयी बनेपछि सबैलाई धन्यवाद दिँदै जनताको सेवामा सधै समर्पित हुने बताए ।

दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको गुल्मीमा पछिल्लो मत परिणाम अनुसार सवै क्षेत्रका प्रतिनिधि सभा र प्रदेशसभामा बाम गठबन्धनले नै अग्रता लिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ