arrow

विरोधको जनप्रभावका कारण मकवानपुरबाट डिनाको संसद यात्रा रोकियो

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
Birodh-Khatiwoda-F-1510063292.jpg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अनुसार मकवानपुर क्षेत्र नं २ बाट एमालेका विरोध खतिवडा विजयी भएका छन् । शनिबार राती प्राप्त मत परिणाम अनुसार खतिवडा आफ्ना निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनालाई १२ हजार मतान्तरले पराजीत गरेका हुन् । 

विरोध खतिवडाको यो लगातार चौथो विजय हो । यसअघि २०४८, ५१ र ५६ को संसदीय निर्वाचनमा पनि विजयी भएका खतिवडाले  यसपटक ४४ हजार ७ सय ४४ मत पाए भने प्रमुख प्रतिस्पर्धी डिनाले ३२ हजार ६ सय ८५ मत पाएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ