arrow

प्रधानमन्त्री देउवा फराकिलो अन्तरले निर्वाचित

डडेल्धुरा काँग्रेसको गढ भने बनेन, प्रदेश सभामा एक जीत एक हार

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
sher-bahadur-deuba-pm.JPG

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

डडेलधुराबाट निर्वाचित हुने क्रममा देउवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी खगराज भट्टलाई हराएका हुन् । 

देउवाले २८ हजार ४४ मत प्राप्त गरे । भट्टले २१ हजार १ सय १५ मत मात्र ल्याए ।

प्रदेश सभा क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण बहादुर मल्ल बामगठबन्धनका उम्मेदवार डा. तारा प्रसाद जोशी भन्दा ३५६ मत बढी ल्याई विजयी घोषित भएका छन् । 

मल्लले १३ हजार ४ सय १३ मत ल्याउँदा जोशीले १३ हजार ५७ मत ल्याए। 

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा भने काँग्रेस पराजित भएको छ। एमालेका पठन सिंह बोहोरा विजयी हुँदा काँग्रेसका रघुवर भट्ट पराजित भए। 

भट्टले ११ हजार ३ सय ९४ मत ल्याए भने बोहोराले १३ हजार ५ सय ६३ मत ल्याए। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ