- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
राजविराज । प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसलाई हराउँदै राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन् ।
जिल्ला मुख्य निर्वाचन कार्यालयले मध्यरात सार्वजनिक गरेको मत परिणामअनुसार चौधरीले २२ हजार ५८४ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिनेशकुमार यादवले १९ हजार ४०१ मत प्राप्त गरे ।
यसअघि सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतले विजयी भएका थिए ।