arrow

गगन थापाको यस्तो छ विजयी र्‍याली तालिका

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
gagan-thapa-win.jpg

काठमाडौं । मुलुकभर नेपाली काँग्रेसको अवस्था खस्किएका बेलामा शाख जोगाउने क्रममा शानदार विजय हासिल गरेका काठमाडौं क्षेत्र नं ४ का विजेता गगनकुमार थापाको र्‍याली आइतबार बिहान सुरु हुँदैछ । 

एमालेका उम्मेदवार डा राजन भट्टराईलाई पराजित गर्दै लगातार दोस्रो पटक विजयी किल्ला गाडेका गगनको विजयी र्‍याली आइतबार बिहान १० बजे सुरु हुनेछ । 

नक्सालस्थित नारायण चौरमा भेला भर्इ नक्साल भगवती, रातोपुल, चाबहिल सुकेधारा महांकाल, चपली, चुनिखेल, कपन तेन्जिङ चोक हुँदै बालुवाखानीसम्म र्‍याली हुने जनाइएको छ । 

र्‍याली संयोजन समितिले उक्त र्‍यालीमा सहभागीताका लागिसमेत समर्थक एवं मतदातामा अपिल गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ