arrow

नुवाकोटमा कसलाई कति मत ? को जित्यो को हार्यो ? 

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
nuwakot-district.png

नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन वटा प्रदेशसभा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

सम्पन्न भएको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । 

नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरे । विजयी भएका एमालेका उम्मेदवार खतिवडाले १० हजार ५५७ मत बढी ल्याए ।

यस्तै, प्रतिनिधिसभा सदस्य १ को प्रदेश क मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङले १८ हजार १३७ मत ल्याएर विजयी भइन् । 

नेपाली काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए । 

यस्तै, प्रदेश ख तर्फ नेकपा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी भए । 

नेपाली काँग्रेसका रमेशकुमार महतले १२ हजार २१७ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी बने । 

यस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा क मा नेकपा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भए । 

नेपाली काँग्रेसका जगदिश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरे । चारवटै स्थानमा मतगणना सम्पन्न भएको निर्वाचन अधिकृतबाट विजयी घोषणा गर्न भने बाँकी रहेको छ । 

नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को ख मा मतगणना जारी रहेको छ ।

 जारी मतगणनाको दुवै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी नजिक पुगिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ