arrow

पाल्पामा कसलाई कति मत ? कसले जित्यो कसले हार्‍यो ?

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ मंसिर २४ आइतबार
palpa_news.jpg

पाल्पा। पाल्पामा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभा क्षेत्र न. १ अन्तर्गत भएको निर्वाचनमा नेकपा एमालेका दल बहादुर राना ३२ हजार ५ सय ४९ मत ल्यार्इ विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विजय घिमिरेले २३ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् । विजयी भएका एमालेका उम्मेदवार रानाले ८ हजार ५ सय ५६ मत बढी ल्याएर विजयी भएका हुन् । 

त्यसैगरी, प्रतिनिधि सभा क्षेत्र न. २  मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डे ३४ हजार ८ सय ९९ मत ल्याइ विजयी भएका  छन्  । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद हरि प्रसाद नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरेका  थिए । विजयी भएका एमालेका उम्मेदवार पाण्डेले १० हजार ३ सय ५४ मत बढी ल्याएका हुन् ।  

यस्तै प्रदेश सभा १ क बाट नेकपा एमालेका उम्मेदवार युवराज खनालले  १७ हजार ८ सय ५१ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज ढकालले १३ हजार ६ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभा १ ख बाट नेकपा एमालेका जिल्ला अध्यक्ष नारायण आचार्यले १४ हजार ७ सय ६५ मत ल्यार्इ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दान बहादुर पछाईले १० हजार ५ सय २ मत ल्याएका थिए । 

प्रदेश सभा २ क बाट नेकपा एमालेकै डा. पुरन बज्राचार्य १८ हजार ४२ मत ल्याइ विजयी भएका  हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार माधव नेपालले १३ हजार ४ सय ७० मत ल्याएका थिए । यसैगरी, प्रदेश सभा २ ख बाट माओवादी केन्द्रका तुलाराम घर्ती मगरले १६ हजार ४ सय २२ मत ल्यार्इ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राम कार्कीले ११ हजार ४ सय ९६ मत ल्याएका छन् । वाम गठबन्धनका नेता तथा कार्यकताले आफ्ना सबै उमेदवार विजयी भएको खुसियालीमा बाजागाजा सहित नगर परिक्रमा गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ