arrow

अछामबाट भीम रावलको फेरि संसद यात्रा

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
rawal.JPG

काठमाडौं । एमाले उपाध्यक्ष भीम रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

यसअघि २०७० को संविधान सभा सदस्य निर्वाचनमा पनि अछाम १ बाटै निर्वाचित भएका रावलले काँग्रेस जिल्ला सभापति समेत रहेका भरतकुमार स्वाँरलाई पराजित गरेर संसद यात्रा तय गरेका हुन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका रावलले २४ हजार ८ सय ८३ मत ल्याए । काँग्रेस उम्मेदवार स्वाँरले १७ हजार ७ सय १९ मत ल्याए । रावलले ७ हजार एक सय ६४ मतले स्वाँरलाई पराजित गरे । रावल उपप्रधानमन्त्री भइसकेका छन् ।

रावल गृहमन्त्री हुँदा ७ वर्ष लगाएर बन्न नसकेको राष्ट्रिय सुरक्षा नीति जारी भएको थियो । यद्यपि, त्यो सुरक्षा नीतिमा अहिले धूलो जमेर बसेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ