arrow

झापाका सबै क्षेत्रमा वाम गठबन्धनको जीत

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
bam_gathabandhan.jpg

सुरुङ्गा, झापा । प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हाँसिल गरेको छ । आइतबार दिउँसो सार्वजनिक पाँचवटै क्षेत्रको अन्तिम मत परिणामअनुसार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा गठबन्धन विजयी बनेका हुन् । झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा राम कार्की विजयी भएका छन् । नेकपा (माओवादी कोन्द्र)का स्थायी कमिटी सदस्य कार्कीले ३६ हजार १७३ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी विश्वप्रकाश शर्मासँग उनी दुई हजार ८ सय ७३ मतान्तरले विजयी बनेका हुन् । शर्माले ३३ हजार ३१० मत प्राप्त गरे । 

झापा क्षेत्र नं २ मा वाम गठबन्धनकी उम्मेदवार पवित्रा निरौला खरेल विजयी भएका छन‍ । नेकाका उम्मेदवार उद्वव थापालाई १३ हजार ७६७ मतले पछि पार्दै उनी विजयी बनेका हुन् । खरेलले ४५ हजार ८१७ मत प्राप्त गरे भने थापाले ३२ हजार ५० मत प्राप्त गरे । झापा क्षेत्र नं ३ मा वाम–राप्रपा गठबन्धनका तर्फबाट राप्रपाका राजेन्द्र लिङ्देन विजयी बनेका छन् । लिङ्देनले नेपाली काँग्रेसका सिटौलालाई १३ हजार १ सय५६ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गर्नुभएको छ भने सिटौलाले ३१ हजार १७१ मत प्राप्त गरे । 

झापा क्षेत्र नं ४ मा वाम गठबन्धनका उम्मेदवार लालप्रसाद साँवा (एलपी) विजयी बनेका छन् । १६ हजार ६९३ मतान्तरमा नेकाका उम्मेदवार देउकुमार थेवेलाई पराजित गर्दै उनी विजयी बनेका हुन्। साँवाले ४३ हजार ५१५ मत प्राप्त गरे भने थेवेले २६ हजार ८२२ मत प्राप्त गरे। 

झापा क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार केपी शर्मा ओली विजयी बने। ओलीले २८ हजार ८४२ मतको अन्तरले नेका उम्मेदवारलाई पराजित गर्दै विजय हाँसिल गरे । एमाले अध्यक्षसमेत रहेका ओलीले ५७ हजार १३९ मत प्राप्त गरे भने नेकाका उम्मेदवार डा खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरे। प्रदेशसभातर्फ झापा क्षेत्र नं १ को (क)मा एमालेका श्रीप्रसाद मैनाली विजयी बनेका छन् । उनले नेका उम्मेदवार केशवराज पाण्डेलाई पाँच हजार ७३२ मत अन्तरले जीत हासिल गरे। 

मैनालीले २२ हजार ९७२ मत प्राप्त गरे भने पाण्डेले १७ हजार २४० मत प्राप्त गरेका छन् । क्षेत्र नं १ कै (ख)मा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी बनेका छन् । उनले नेकाका उम्मेदवार अशोककुमार पोखरेललाई सात हजार ८ सय ६१ मत अन्तरले जीत हासिल गरे। बुढाथोकीले १७ हजार ८३९ मत प्राप्त गरे भने पोखरेलले नौ हजार ९ सय ७८ मत प्राप्त गरे। क्षेत्र नं २ को (क)मा नेकपा (एमाले)का एकराज कार्की विजयी बनेका छन्। कार्कीले नेकाका उम्मेदवार लक्ष्मण खड्कालाई पराजीत गर्दै विजयी बनेका हुन्। 

कार्कीले २१ हजार २८४ मत प्राप्त गरे भने खड्काले १२ हजार ७९२ मत प्राप्त गरे। उनीहरुबीचको मतान्तर आठ हजार ५६२ रहेको छ । क्षेत्र नं २ को (ख)मा एमालेका बृख प्रधान विजयी बनेका छन्। उनले नेकाका उम्मेदवार खड्ग प्रसाईंलाई सात हजार ९१ मतले पछि पार्दै विजयी बनेका छन् । प्रधानले २५ हजार ४२१ मत प्राप्त गरेका छन् भने प्रसाईंले १८ हजार ३३० मत प्राप्त गरे। 

झापा क्षेत्र नं ३ को (क)मा एमालेका वसन्त बानियाँ निर्वाचित भएका छन् । नेकाका उम्मेदवार भूमिप्रसाद राजवंशीलाई पछि पार्दै उनी विजयी बनेका हुन् । बानियाँले २२ हजार ५५३ मत प्राप्त गरे भने राजवंशीले १७ हजार पाँच मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर पाँच हजार ५४८ मत रहेको छ । क्षेत्र नं ३ कै (ख)मा माओवादी केन्द्रका पूर्णसिंह राजवंशी निर्वाचित भएका छ । उनले नेकाका उम्मेदवार भगीरथ पोद्दारलाई पछि पार्दै निर्वाचित भए। राजवंशीले २२ हजार ६५ मत प्राप्त गरे भने पोद्दारले १४ हजार ७५३ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर सात हजार ३३० रहेको छ । 

क्षेत्र नं ४ को (क) मा नेकपा (माओवादी केन्द्र)का झलकसिंह दर्लामीले नेकाका उम्मेदवार किरण भट्टराईलाई चार हजार ७७५ मतान्तरले विजयी भएका छन् । दर्लामीले १७ हजार २५६ मत प्राप्त गरेका छन् भने भट्टराईले १२ हजार ४८१ मत प्राप्त गरेका छन् । क्षेत्र नं ४ को (ख)मा एमालेका हिरा थापा निर्वाचित भएका छन् । थापाले २४ हजार ९०१ मत प्राप्त गरे भने नेकाका उम्मेदवार उत्तम सुवेदीले १४ हजार ९ सय ६५ मत प्राप्त गर्नुभएको छ । थापा र सुवेदीबीचको मतान्तर नौ हजार ९३६ रहेको छ । 

झापा क्षेत्र नं ५ को (क) मा नेकपा (एमाले)का हिक्मत कार्की निर्वाचित भए । उनले २४ हजार ९८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार अनिलकृष्ण प्रसाईंले १८ हजार ६ सय ३६ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर पाँच हजार ४ सय ६२ रहेको छ । क्षेत्र नं ५ को (ख)मा नेकपा (एमाले)का अर्जुन राई निर्वाचित भए। उनले ३० हजार ९ सय ७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार राजनबहादुर ढुंगानाले १० हजार ९९३ मत प्राप्त गरे। उनीहरुबीचको मतान्तर १९ हजार ९८३ रहेको छ । 

झापामा पाँच लाख ८५ हजार १६६ मतदाता रहे पनि चार लाख १४ हजार ९०१ मत खसेको थियो । प्रतिनिधि तथा प्रदेशसभा गरी १४१ जना उम्मेदवार चुनावी मैदानीमा उत्रिएका थिए । झापा क्षेत्र नं १ मा ७५ हजार ९७० मत खसेको थियो भने सदर मत ७३ हजार ३०३ मत र बदर मत सङ्ख्या दुई हजार ६७६ रहेको छ । क्षेत्र नं २ मा ८५ हजार ८१६ मत खसेको छ । क्षेत्र नं ३ मा ८२ हजार ९२४ मत खसेको छ भने क्षेत्र नं ४ मा ७७ हजार ३२५ मत खसेको छ । क्षेत्र नं ५ मा ९३ हजार ४८ मत खसेको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ