arrow

मतदाता शिक्षालाई व्यवहारमा उतार्ने प्रतिवद्धता

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
voter-edu-hamrakura.jpg

काठमाडौं। निर्वाचनको मिति नजिकिदै गर्दा नागरिक अगुवा तथा समाजका वुद्धिजिवीहरुले मतदाता शिक्षालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताएका छन्। हाम्राकुरा डटकमले आयोजना गरेको मतदाता शिक्षा सम्वन्धि कार्यक्रममा सहभागिहरुले ५ बर्षका लागि आफ्नो अधिकार प्रत्यायोजन गरिने चुनावमा मतदाता शिक्षाका अभावका कारण मत खेर जाने अवस्था आउन दिन नहुने बताए। 

काठमाडौंको चाहविलमा आयोजना भएको मतदाता शिक्षा कार्यक्रममा बरिष्ठ साहित्यकार तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले शहरी मतदाताहरुलाई मतदाता शिक्षाको महत्व अझै बुझाउनुपर्ने बताए। उनले मतदाता शिक्षामा ध्यान नदिदा वदर मत शहरी क्षेत्रमा बढी भएको बताए।  

संग्रौलाले मतदाता शिक्षाबाट शहरबजारका नागरीकहरुसँगै आम संसार माध्यामको पहुँचबाट अलि टाढा रहेका सामान्य नागरीकलाई पनि जोड्नुपर्ने बताए। 

स्थानीय निर्वाचनमा धेरै मद बदर भएको उल्लेख गर्दै संग्रौलाले यसपटक पनि निर्वाचन शिक्षाका नाममा भित्तामा टासिको निर्वाचन शिक्षाका सामग्रीले सहि ज्ञान प्राप्त नहुने बताए। हाम्राकुरालाई धन्यवाद दिदै उनले शहरी मतदातालाई जागरुक बनाउन यस्ता शिक्षामुलक अभियान आवश्यक रहेको बताए। 

चाहविलका स्थानिय बुद्धिजिवी राकेस बोहोराले हाम्राकुरा डटकमले शुरुवात गरेको शिक्षामूलक अभियानको प्रशंसा गर्दै सामान्य शहरी नागरीकलाई पनि आफुलाई मन पर्ने उम्मेदरवारको चुनाव चिन्ह कसरी पत्ता लगाउने भन्ने बुझाउन जरुरी रहेको बताए।  

आफ्नो मद कसरी बदर नहुने भन्ने विषयमा मतदातालाई सुसुचित गराउने हाम्राकुराले शुरु गरेको अभियानबाट आफू जस्तै स्थानियहरु लाभान्वित हुने उनले ठोकुवा गरे। अर्का स्थानिय अगुवा रामगोपाल श्रेष्ठले बदर मत घटाउन यस्ता कार्यक्रम धेरै राम्रो हुने बताए। 

हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले मतदाता शिक्षको आवश्यकतामाथि प्रकाश पारेका थिए। शहरी मतदातामा पनि मतदाता शिक्षाको कमी रहेको महसुस गरि आफूहरु मतदाता शिक्षाको अभियान लिएर शहरी मतदाता र तिनका प्रतिनिधिमूलक संस्थाका नेतृत्वकर्ताहरुबीच पुग्ने अभियान लिएर देशव्यापी जान लागेको बताए। 

मतदाता शिक्षाका विभिन्न पाटोको बारेमा शिवाकोटीले सन्दर्भ सामग्री सहित प्रस्तुती दिएका थिए। 

कार्यक्रमका सहभागिहरुले आफूहरु मतदानको प्रक्रियामा मतदाता शिक्षामा सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका थिए। उनीहरुले आफूहरुले सिकेको कुरा अरुलाई पनि विस्तार गर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ