arrow

निर्वाचनको एक्ला शेर बने शेरबहादुर, छैटौंपटक संसद्मा 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
Sher-Bahadur-Deuba-1.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका छन् । सोमबार विहान आएको मतपरिणाममा देउवाले बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका खडराज भट्टलाई पराजीत गरेका हुन् । 

देउवाले कूल २८ हजार ४४ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी भट्टले २१ हजार १ सय १५ मत ल्याएका छन् । भट्ट ६४ सालदेखि देउवासँग नै प्रतिस्पर्धी बन्दै आएका उम्मेदवार हुन् । 

यो चुनाव जितेसँगै प्रधानमन्त्री देउवा २०४८ सालदेखि अहिलेसम्मका कुनैपनि केन्द्रीय संसद्का चुनावहरु नहार्ने उम्मेदवार बनेका छन् । यसअघिसम्म कुनैपनि चुनाव नहोर्ने उम्मेदवारहरुमा काँग्रेसकै रामचन्द्र पौडेल र विजय गच्छदार रहेकोमा पौडेलले तनहुँ १ बाट यही प्रतिनिधि सभा सदस्यमा चुनाव हारेका छन् भने अर्का उम्मेदवार गच्छदारको क्षेत्रमा नतिजा आईसकेको छैन । 

अहिलेसम्मको अवस्थामा देउवा यस्ता उम्मेदवार बनेका छन् जो २०४८ सालदेखि अहिलेसम्म कहिल्यैपनि चुनाव हारेनन् । देशभर नेपाली काँग्रेसको कमजोर सिट आईरहेको बेलामा काँग्रेसका सभापति समेत रहेका देउवाले भारी मतान्तरले चुनाव जितेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ