arrow

ज्वालालाई ६ नं प्रदेशको मुख्यमन्त्री दाबी गर्ने बाटो खुल्यो

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
prakash_jwala.jpg

काठमाडौं । नेकपा एमालेको तर्फबाट सल्यानको प्रदेश सभा तर्फ ख प्रदेशमा उम्मेदवार बनेका प्रकाश ज्वालालाई ६ नं प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने बाटो खुलेको छ । यस अद्धि सांसद् बनिसकेका ज्वाला यस पटक ६ नं प्रदेशको मुख्यमन्त्री बन्नको लागि प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए । उनले प्रदेश सभा सदस्यमा चुनाव जितेसँगै अब उनलाई प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने बाटो खुलेको हो ।  

सोमबार विहान आएको मतपरिणाम अनुसार ज्वालाले ८ हजार २ सय ६ मतान्तरले नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीलाई पराजित गरेका हुन् । ज्वालाले १९ हजार ८ सय ३६ मत प्राप्त गर्नुभयो भने नेपाली कांग्रेसका रेग्मीले ११ हजार ६ सय ३० मत प्राप्त  गरे । ज्वाला यस अघि भएका चुनावमा २०५६ सालमा सल्यान क्षेत्र नम्वर १ र २०७० सालमा सल्यान क्षेत्र नम्वर २ बाट विजयी भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ