arrow

पहिले ६ सिट जितेको ६ नं प्रदेशका जिल्लाहरुमा काँग्रेस शून्य !

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
fkldfjdaspgdc.png

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मत गणना अझ पनि जारी छ । प्रतिनिधि सभा तर्फको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदश सभा तर्फको ३ सय ३० निर्वाचन क्षेत्र मध्ये अहिलेसम्म प्रतिनिधि सभा तर्फको १ सय १९ र प्रदेश सभा तर्फको २ सय ५१ क्षेत्रको मतपरिणाम आईसकेको छ । 

पछिल्लो प्राप्त मतपरिणाम अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा नेकपा एमालेका उम्मेदवारहरुको भारी संख्यामा विजय देखिएको छ । विभिन्न प्रदेशगत अवस्थामा पनि नेकपा एमाले नै अगाडि देखिएको छ । 

राती ११ बजेसम्मको स्थिती अनुसार प्रतिनिधि सभा तर्फ नेकपा एमालेले ६७ स्थानमा विजय हाँसिल गरिसकेको छ भने प्रदेश सभा तर्फ १ सय ३३ स्थानमा विजय हाँसिल गरिसकेको छ । अग्रताको हिसावले पनि एमाले नै  अगाडि रहेको देखिएको छ। 

यसमा रोचक कुरा त यो छ कि प्रतिनिधि सभा तर्फ प्रदेश नं ६ मा २०७० सालको चुनावमा पहिलो पार्टी बनेको नेपाली काँग्रेसको शून्य सिट आएको छ । ६ नं प्रदेशमा रहेका कूल १२ सिट मध्ये नेपाली काँग्रेसका कुनैपनि उम्मेदवारहरु विजयी हुन सकेनन् । 

कूल १२ मध्ये ६ सिट नेकपा एमालेले जितेको छ भने बाँकी रहेकोमा ४ सिट माओवादी र एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । यहाँ एक सिटको मतगणना अझै जारी रहेको छ । त्यसमा पनि नेकपा माओवादीका उम्मेदवार नै भारी मतान्तरले अगाडि रहेका छन् । एक सिटमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

यसरी विजयी हुनेमा ध्रुवकुमार शाही एमालेबाट सूर्खेत १ मा, सूर्खेत २ मा नवराज रावत एमालेबाटै, रुकुममा माओवादीका जनार्दन शर्मा, दैलेख १ मा एमालेका रविन्द्र राज शर्मा, दैलेख २ मा एमालेकै राजबहादुर बुढाक्षेत्री, जाजरकोटमा माओवादीका शक्ति बहादुर वस्नेत, कालिकोटमा दुर्ग बहादुर रावत, हुम्लामा गजेन्द्र बहादुर महत विजयी भएका छन ।  

यस अघिको चुनावमा अहिले ६ नं मा परेका जिल्लाहरुमा काँग्रेसले ६ सिट जितेको थियो । कूल १६ सिट रहेको बेलामा ६ सिट जितेको नेपाली काँग्रेसले अहिले शून्य सिटमा खस्किएको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ