arrow

समानुपातिक मतः समग्रमा माओवादी तेस्रो, कहाँ पहिलो ? 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
maobadi-kendra.jpg.png

जुम्ला । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । 

शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न मतगणनामा दुवै तहको समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्र पहिलो भएको छ । 

जसले प्रतिनिधिसभातर्फ १० हजार ९८८ मत प्राप्त गरेको छ । दोस्रो नेपाली काँग्रेस र तेस्रो स्थानमा नेकपा एमालेले मत प्राप्त गरेका छन् । 

क्रमशः नेपाली काँग्रेसले १० हजार ९२९ र एमालेले भने १० हजार ६९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

उनका अनुसार दुई हजार ४०३ मत ल्याएर नेपाल मजदुर किसान पार्टी चौथो र एक हजार ५८१ मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचौँं स्थानमा पुगेको छ । 

क्रमशः राप्रपा राष्ट्रवादी, नयाँ शक्तिलगायतका पार्टी रहेको उनले बताए । 

खसेको जम्मा ४१ हजार ४५६ मतमा प्रतिनिधिसभातर्फ ३९ हजार ८२ सदर प्रदेशसभातर्फ ३७ हजार ५०९ सदर भएको छ । 

प्रतिनिधिसभातर्फ दुई हजार ३७४ मत बदर भएकोमा प्रदेशसभामा त्यसको झण्डै दोब्बर तीन हजार ९४७ मत बदर भएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । 

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जुम्लामा २३ दललाई मतदान भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ