arrow

पर्सा २ र ३ मा फोरम नेपाल विजयी

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
sanghiya-samajbadi-forum-nepal.jpg

पर्सा । पर्सा क्षेत्र नं २ र ३ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।  क्षेत्र नं २ बाट फोरम नेपालका विमलप्रसाद श्रीवास्तव र क्षेत्र नं ३ बाट हरिनाराणप्रसाद साह रौनियार विजयी भएका हुन ।

श्रीवस्तवले २१ हजार १६९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयकुमार चौरसियाले १९ हजार ७०४ मत प्राप्त गरेको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

क्षेत्र नं ३ मा फोरम नेपालकै रौनियारले १५ हजार १६८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १३ हजार ८०१ मत प्राप्त गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ