arrow

काभ्रे १ ‘ख’ र २ ‘क’ मा एमाले विजयी

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
cpnuml.jpeg

बनेपा । काभ्रेपलाञ्चोकको क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का चन्द्र लामा विजयी भएका छन् ।

उनले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गरेका हुन् । एमालेका लामाले २४ हजार ४७७ मत प्राप्त गरे भने काँग्रेसका लामाले २० हजार २७० मत प्राप्त गरेका छन् ।  

क्षेत्र नं २ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका लक्ष्मण लम्साल विजयी भएका छन् ।  उनले लोकतान्त्रिक गठबन्धनका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतान्तरले पराजित गरे । लम्सालले २७ हजार ६२१ मत प्राप्त गरे भने काँग्रेसका आचार्यले १६ हजार ५८९ मत प्राप्त गरे।

यसअघि क्षेत्र नं १ प्रदेश ‘क’ मा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल २५ हजार १०६ मत प्राप्त गरी विजयी भएका थिए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ