arrow

कञ्चनपुरमा प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम परिणाम, रमेश लेखक २५८ मतले पराजित

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
Kanchanpur_District1.png

कञ्चनपुर । कञ्चनपुर जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम मत परिणाम आइसकेको छ । 

यो परिणाम अनुसार कहीं फराकिलो मतान्तर छ भने कहींं निकै कमको मतान्तर छ । 

नेपाली काँग्रेसका नेता रमेश लेखक मात्र २५८ मतले पराजित भएका छन् । 

यस्तो छ परिणाम –
प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ मा माओवादी केन्द्रकी बिना मगरले ३८४६७ मत ल्याइ जितेकी छिन् । नेपाली काँग्रेसका दिवान सिंह बिष्टले १९२१९ मत ल्याए । १९२४८ मत मतान्तर रह्यो । 

प्रदेश सभा निर्वाचन क्षेत्र नं १ क मा एमालेकी तारा लामा तामाङ २००१५ मत सहित निर्वाचित भएकी छिन् ।

उनले काँग्रेसका गोपाल सिह गुरुङलाई हराइन् । गुरुङले ९२९० मत ल्याए । 

प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (ख) मा एमालेका कुलविर चौधरी १६१५८ मत सहित निर्वाचित भए । 

काँग्रेसका राम लाल रानाको १०२२३ मत रह्यो । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा एमालेका नर बहादुर धामी ३३२२० मत सहित निर्वाचित भए ।

उनले काँग्रेसका नारायण प्रकाश साउदलाई (२४८९३) पराजित गरे । 

प्रदेश सभा निर्वाचन क्षेत्र नं २ क मा माओवादी केन्द्रका महेश दत्त जोशी (१७६७२) निर्वाचित भएका छन् । 

उनले नेपाली काँग्रेसका पुष्कर राज ओझा (१२४६२) लाई हराए । 

प्रदेश सभा निर्वाचन क्षेत्र नं २ ख मा एमालेका लाल बहादुर खड्का (१६३८५) निर्वाचित भएका छन् । 

उनले काँग्रेसका बहादुर सिंह थापा (११८५१) पराजित गरेका छन् । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ मा एमालेका डा दीपक प्रकाश भट्ट (२६३६४) निर्वाचित भएका छन् । 

उनले काँग्रेसका रमेश लेखक (२६१०६) लाई पराजित गरेका छन् । 

लेखक मात्र २५८ मतान्तरले पराजित भएका हुन् । 

कञ्चनपुर प्रदेश सभा ३ को क मा एमालेका प्रकाश रावल(१२८१७) निर्वाचित हुँदा उनले काँग्रेसका यज्ञराज जोशी (१२७५४) लाई पछि पारे । 

यहाँको मतान्तर जम्मा ६३ मत रह्यो । 

कञ्चनपुर प्रदेश सभा ३ को ख मा माओवादीका मान बहादुर सुनार १३७०० मत सहित निर्वाचित भए । 

उनले काँग्रेसका बेल बहादुर राना मगर लाई (१३५३९) पराजित गरे । मतान्तर १६१ रह्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ