arrow

कम्युनिष्ट गठबन्धनले किल्ला गाड्यो अर्घाखाँचीमा 

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
arghakhanchi.jpg

सन्धीखर्क । अर्घाखाँचीमा प्रतिनिधि सभा र प्रदेश सभाका तीन वटै क्षेत्रमा कम्युनिष्ट गठबन्धनका उम्मेद्वारहरुले फराकिलो मताअन्तरले विजयी हासिल गरेका छन् । 

प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी ५० हजार ८ सय ३७ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नेता डा रामबहादुर बिसीले ३२ हजार ५ सय ४४ मत प्राप्त गरी पराजित भए । 

नेता रायमाझीले डा बिसीलाई १८ हजार २ सय ९२ को भारी मतान्तरले पराजित गरे । 

प्रदेश सभाका २ वटै क्षेत्रमा कम्युनिष्ट गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं ‘क’ मा नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले २४ हजार ७ सय ५१ मत प्राप्त गरी विजयी भए । 

उनका प्रतिद्वन्दी कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल ‘मुस्कान’ ले १४ हजार १ सय ३७ मत प्राप्त गरे । आचार्यले खनाललाई १० हजार ६ सय १५ मतले पछि पारेर निर्वाचित भए ।

यस्तै प्रदेशसभा ‘ख’ मा एमालेका नेता रामजीप्रसाद घिमिरे २६ हजार १ सय ५९ मत प्राप्त गरी विजयी भए । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिम्मतबहादुर टण्डन क्षेत्रीले १७ हजार २ सय २३ मत प्राप्त गरी पराजित भए । 

यस क्षेत्रमा ४६ हजार ६ सय ५२ मत खसेकोमा १७ सय ९० मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ