arrow

प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर हुनुको दोषी को ? 

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
Baitadi_District.png

बैतडी । मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । 

प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत बदर भयो भने ख मा ३८ हजार १५५ मत खसेकामा दुई हजार ५९० मत बदर भएका छन् । 

समग्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभामा कूल खसेको मतमध्ये आठ दशमलव नौ प्रतिशत मत बदर भएको छ । 

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको हो । जिल्लामा १८२ मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिए पनि स्वयंसेवक नै मतदाता शिक्षाका विषयमा अलमल हुँदा बदर मतको संख्या बढेको स्थानीयवासीले बताएका छन् । 

स्थानीय तहको निर्वाचनमा दुई दशमलव ३५ प्रतिशतमात्रै मत बदर भएको थियो । ढिलो गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनुले पनि बदर मतको संख्या बढेको हुन सक्ने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमको भनाइ छ । 

बदर मतले मतपरिणाममा समेत असर पुग्ने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थी बताउनुहुन्छ । 

मतदाता शिक्षा स्वयंसेवकहरु औपचारिकताका लागि मात्रै गाउँघरमा पुग्ने गरेकाले पनि मतदाता शिक्षा प्रभावकारी नभएको हो । 

समानुपातिकतर्फको मतगणना जारी रहँदा प्रत्यक्षतर्फको भन्दा समानुपातिकमा बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ