arrow

सर्लाही ४ बाट काँग्रेस नेता अमरेशकुमार सिंंह विजयी

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
amresh.JPG

लालबन्दी । सर्लाही क्षेत्र नम्बर ४ बाट काँग्रेस नेता अमरेश कुमार सिंह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी राजपा नेपालका राकेश कुमार मिश्रलाई १ हजार ५ सय ३९ मतले पछि पार्दै सिंह निर्वाचित भएका हुन् ।

सिंहले २९ हजार ६ सय ७५ मत प्राप्त गरे भने, मिश्रले २८ हजार १ सय ३६ मत ल्याए । काँग्रेस नेता सिंहले २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट तमलोपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरलाई पराजित गरि सांसद भएका थिए।

आइतबार रातिदेखि रोकिएको क्षेत्र नम्बर ४ को मतगणना दलका प्रतिनिधिबीच सहमति जुटाएर मंगलबार बिहान नियमित भएको थियो ।

मतगणनाको विषयलाई लिएर राजपा र काँग्रेसका कार्यकर्ताबीच झडप समेत हुन पुग्यो । पछि कडा सुरक्षाकाबीच मतगणना  गरिएको हो ।

४ नम्बर क्षेत्रको नतिजा सार्वजनिक भएसँगै सर्लाहीको प्रतिनिधि सभा तर्फका ४ वटै र प्रदेश सभा तर्फका ८ वटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा प्रतिनिधि सभातर्फ राजपाले दुई, बाम गठवन्धन र काँग्रेसले एक–एक क्षेत्रमा विजय हासिल गरेका छन् । प्रदेश सभातर्फ राजपा नेपालले ४, बाम गठवन्धन र काँग्रेसले समान दुई–दुई स्थानमा जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ