arrow

प्रत्यक्षमा लालकिल्ला भएको बागलुङमा समानुपातिकतर्फ काँग्रेस पहिलो

logo
नारायण रिजाल, 
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
congress-flag.jpg

बागलुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ भारी मतान्तरले पराजित बागलुङ कांग्रेस समानुपातिकमा भने जिल्लाको पहिलो दल बनेको छ  ।  मंगलबार बिहान सकिएको समानुपातिकतर्फको मतगणना अनुसार कांग्रेसले अरू दलले भन्दा बढी मत ल्याएर पहिलो पार्टी भएको हो। बागलुङमा एमाले दोस्रो, जनमोर्चा तेस्रो र माओवादी केन्द्र चौथो पार्टी बनेका छन् । आफूलाई वैकल्पिक राजनीतिक शक्ति ठान्नेमध्ये जिल्लामा संगठन नै नभएको विवेकशील साझा पार्टीले नयाँ शक्ति पार्टी नेपालको भन्दा दोब्बर बढी मत ल्याएको छ । 

पहिलो भएको कांग्रेसले प्रतिनिधिसभातर्फ ३६ हजार ६३८ र प्रदेशसभा तर्फ ३३ हजार ६४० मत पाएको छ । एमालेले प्रतिनिधिसभातर्फ ३० हजार ६३५ र प्रदेशसभामा २९ हजार ५४ मत ल्याएको बागलुङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए । राष्ट्रिय जनमोर्चा पार्टीले प्रतिनिधिसभामा १५ हजार ९३४ र प्रदेशसभामा १६ हजार ७०२ मत पाएको छ। 

राष्ट्रिय रूपमा तेस्रो बनेको नेकपा माओवादी केन्द्र बागलुङमा भने चौथोमा झरेको छ। उसले प्रतिनिधिसभामा १४ हजार ४५० र प्रदेशसभामा १३ हजार ८०३ मत ल्याएको छ।  त्यस्तै गाई चिह्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा एक हजार २१२ र प्रदेशसभातर्फ एक हजार ५७२ मत पाएको छ ।  विवेकशील साझा मतमा नयाँ शक्ति पार्टी नेपाल भन्दा अघि जिल्लामा संगठन समेत नभएको विवेकशील साझा पार्टीले डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालले भन्दा दोब्बर बढी मत ल्याएको छ ।

विवेकशील साझालाई प्रतिनिधिसभामा एक हजार ३४ र प्रदेशसभामा एक हजार १३८ मत आएको छ । नयाँ शक्ति पार्टी नेपालले चाहिँ प्रतिनिधिसभामा ५३६ र प्रदेशसभामा ४२५ मत ल्याएको छ। यी पार्टीले कटाए एक सय मत बागलुङमा एक सय मत कटाउने पार्टीमा क्रान्तिकारी माओवादीको देशभक्त गणतान्त्रिक मोर्चाको ८६९, नेकपा मालेको ३६४, संघीय समाजवादी फोरमको २३२, राप्रपा राष्ट्रवादीको ४३ मत आएको छ । प्रत्यक्षमा समेत चुनाव लडेको आमूल परिवर्तन मसिहा पार्टीले १६५ मत पाएको छ ।  एक लाख ६७ हजार कुल मतदाता रहेको बागलुङमा समानुपातिकतर्फ एक लाख आठ मत खसेको थियो। यसमध्ये छ हजार ६५३ मत बदर भयो । 

बागलुङका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छ वटै सिटमा एमाले, माओवादी केन्द्र र जनमोर्चाको वाम गठबन्धनले कांग्रेसलाई शून्यमा झारेको छ।  वाम गठबन्धनले कम्तिमा तीन हजारदेखि १३ हजार मतान्तरले कांग्रेस उम्मेदवारलाई पछि पारे। प्रतिनिधिसभा क्षेत्र नं.– १ मा एमालेका सूर्यप्रसाद पाठकले कांग्रेसकी चम्पादेवी खड्कालाई १३ हजार मतान्तरले पराजित गरे । २ नम्बर क्षेत्रमा माओवादी केन्द्रका देवेन्द्र पौडेलले कांग्रेसका नरबहादुर पुन निरजलाई पछाडि पारेर निर्वा्चित भए। बागलुङ– १ को प्रदेशसभा ‘क’मा एमाले जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले कांग्रेस सभापति दीपेन्द्रबहादुर थापालाई पराजित गरे भने ‘ख’मा जनमोर्चाका कृष्ण थापाले कांग्रेसका पूर्व सांसद प्रकाश शर्मा पौडेलमाथि जीत प्राप्त गरे ।

बागलुङ– २ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा सागरले कांग्रेसका मञ्जेशबम मल्ललाई पराजित गरी प्रदेशसभा सदस्य बने। ‘ख’मा कांग्रेसका जीत शेरचनलाई पराजित गरेर जनमोर्चाका टेकबहादुर घर्ती विजयी भए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ