arrow

गुल्मीमा समानुपातिक मतगणना सम्पन्न एमाले पहिलो

logo
कौरव खत्री,
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
CPN-UML-Flag.jpg.jpeg

गुल्मी । गुल्मीमा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । समानुपातिक तर्फ नेकपा एमालेले कुल ६० हजार, ६२ मत ल्याएर  पहिलो दल बनेको छ । भने नेपाली काँग्रेसले कुल ४५ हजार,५ सय,४४ मत ल्याएर दोश्रो दल  भएको छ भने माओवादीले ९ हजार ३ सय ८० मत ल्याएर तेश्रो दल भएको छ ।  

क्षेत्र नं. १ मा एमालेले ३१ हजार,६ सय, ३७ मत ल्याएको छ ।भने नेपाली काँगे्रसले २७ हजार,२ सय,८८ मत ल्याएको छ । माओवादीले ५ हजार,२ सय,४४ मत ल्याएको छ भने क्षेत्र नं.१ को चौथो शक्तिको रुपमा विवेकशील साझा पार्टी बनेको छ । विवेकशीलले ११ सय,४४ मत ल्याएको छ ।भने ११ सय ४४ मत ल्याएर  राष्ट्रिय जनमोर्चा पाँचौ  स्थानमा आइपुगेको छ ।

२ निर्वाचन क्षेत्र रहेको गुल्मीमा ४ प्रदेश सभा  क्षेत्रमा प्रत्यक्ष तर्फ सबै सिटमा बामगठबन्धनले नै जितेको थियो । भने समानुपातिकमा पनि बाम गठबन्धन अग्र स्थानमा रहेको छ ।जिल्लाबाट समानुपातिकमा पहिलो एमाले नेपाली काँगे्रस दोश्रो र माओवादी तेश्रो बनेको छ । त्यस्तै क्षेत्र नं. २ मा एमालेले २८ हजार,४सय,२५मत ल्याएको छ ।भने नेपाली काँगे्रसले १८ हजार २ सय ५६ मत ल्याएको छ । 

त्यस्तै माओवादीले ४ हजार १ सय ३६ मत ल्याएको छ । चौथो भएको विवेकशील साझा पार्टीले ८ सय ४४ मत प्राप्त गरेको छ । गुल्मीमा ६५ दशमलव ४६ प्रतिशत खसेको मत खसेको थियो ।

गुल्मी क्षेत्र नं. १ मा १ लाख ९६ हजार ३ सय ३७ कुल मतदाता रहेका छन् भने क्षेत्र नं.१बाट कुल मतदातामध्ये ७० हजार ६ सय ५० मत खसेको थियो । यस्तै क्षेत्र नं. २ मा ९० हजार ९ सय १४ जना मतदाता रहेका छन् । जसमध्ये ५८ हजार ८९ मत खसेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ