- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
त्रिशूली । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ ।
मंगलबार राति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका छन् ।
प्रत्यक्षतर्फको छवटै सिट गुमाएको काँग्रेसले समानुपातिकमा ४७ हजार २५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो ।
यस्तै, एमालेले ३९ हजार ६०९ मत ल्याएर दोस्रो र माओवादी केन्द्रले २७ हजार ८५० मत ल्याएर तेस्रो भएको छ ।
प्रतिनिधिसभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा काँग्रेस पहिलो भएको छ भने क्षेत्र नं २ मा एमाले पहिलो भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा २३ हजार २९५ मतसहित काँग्रेस पहिलो, १८ हजार ५१२ मतसहित माओवादी केन्द्र दोस्रो र १४ हजार ३५३ मतसहित एमाले तेस्रो भएको छ ।
क्षेत्र १ को प्रदेशसभातर्फ प्रदेशसभा क मा काँग्रेसले १२ हजार २६, माओवादी केन्द्रले १० हजार ६४६ र एमालेले पाँच हजार ३३२ मत ल्याएको छ ।
प्रदेश ख मा नेपाली काँग्रेसले ११ हजार २६९, एमालेले आठ हजार ७८३ र माओवादी केन्द्रले सात हजार ८६६ मत ल्याएको छ ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले २५ हजार २५६, काँग्रेसले २४ हजार १६०, माओवादी केन्द्रले नौ हजार ३३८ मत ल्याएको छ ।
क्षेत्र नं २ को प्रदेश क मा एमालेले १२ हजार २२९, काँग्रेसले १० हजार ८७२ र माओवादी केन्द्रले पाँच हजार १०९ मत ल्याएको छ ।
यस्तै, प्रदेश ख मा काँग्रेसले ११ हजार ५६३, एमालेले १० हजार ७२२ र माओवादी केन्द्रले पाँच हजार २६२ मत ल्याएका छन् ।